बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धा महिला छिन् भने अर्का मोरङको पथरी शनिश्चरे–३ का ६३ वर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उच्च रक्तचापका दीर्घरोगी धरान–१६ की वृद्धाको सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मोरङ को पथरी शनिश्चरेका वृद्धलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका दीर्घरोगी वृद्धलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवै मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १ : ४१ बजे

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव