एभर्टनको अपराजित यात्रामा पूर्णविराम | Khabarhub Khabarhub

एभर्टनको अपराजित यात्रामा पूर्णविराम


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको एभर्टनको  अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित एभर्टन साउथह्याम्पटनसँग २-० गोल अन्तरले पराजित भएसँगै अपराजित यात्रा पनि टुंगिएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको २७औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३५औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई दिलाएको २-० अग्रता नै निर्णायक बन्यो ।

खेलको ७२औं मिनेटमा लुकास डिग्नीले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।

एभर्टनले सुरुवातको चार खेलमा लगातार जित निकालेको थियो । जितसँगै साउथह्याम्पटनले ६ खेलमा १० अंक जोडेको छ । साउथह्याम्पटन पाँचौं स्थानमा समेत उक्लिएको छ ।

साउथह्याम्पटनसँग पराजित भए पनि एभर्टन शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ०५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको