सिरी 'ए' मा नापोलीको पुनरागमन जित | Khabarhub Khabarhub

सिरी ‘ए’ मा नापोलीको पुनरागमन जित


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो ।

खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : ३५ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको