'यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन' | Khabarhub Khabarhub

‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

डा गौतमले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । “कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु”, उनले भने।

आधा सङ्क्रमित उपत्यकामा

पछिल्लो २४ घन्टामा काठमाडौँमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन् । कूल १० हजार १९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमिते सङ्ख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमिते आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन् । उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमिते संख्या ५०० बढी छ ।
मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७/१७, डोटी र सिन्धुलीमा १५/१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०/१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सात/सात, रोल्पा र रौटहटमा छ/छ, दार्चुला, प्यूठान र गुल्मीमा पाँच/पाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चार/चार, पाल्पा, कपिलवस्तु र गोरखामा तीन/तीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुई/दुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एक/एक सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३.८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।

मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन् । छ हजार ३३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

जटिल बिरामी बढ्दै

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमिते सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ ।

यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक/एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमिते ०.६५ प्रतिशतको ज्यान गएको छ ।

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ५२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न