खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल | Khabarhub Khabarhub

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउनन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री ढकालले भने, “हामीले खानपान र आहारबिहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उनले बताए।

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताए । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उनले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरे । उनले भने, “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।”

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उनको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिए ।

मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्ने बताए ।

विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ३४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका