सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा | Khabarhub Khabarhub

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताए ।

खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उनको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए । उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए । “व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ”, उनले भने, “कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाइन्छ ।”

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  २ : २८ बजे

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ