रामचन्द्र श्रेष्ठ अमेरिकाको कनेन्टिकट राज्यको नगर समितिमा नियुक्त | Khabarhub Khabarhub

रामचन्द्र श्रेष्ठ अमेरिकाको कनेन्टिकट राज्यको नगर समितिमा नियुक्त


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त भएका छन् । उनी कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त भएका हुन् ।

गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको हो ।

उक्त पद २ वर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना समयअवधि सम्म काम गर्नु पर्नेछ ।

नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

श्रेष्ठले आफूलाई गरिएकोमा धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०