काठमाडौं महानगरभित्रका खाद्यान्न, फलफूल र माछामासुको अनुगमन गरिने | Khabarhub Khabarhub

काठमाडौं महानगरभित्रका खाद्यान्न, फलफूल र माछामासुको अनुगमन गरिने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामारीको समयमा खाद्यान्न, फलफूल तथा तरकारी बिक्री बितरण गर्दा मुल्य र गुणस्तरमा हुन सक्ने ठगी रोक्न काठमाडौं महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले नियमित अनुगमन गर्ने भएको छ ।

भदौ ९ गते महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको हो ।

काठमाडौंको बजार नियमन र व्यवस्थापन गर्न धेरै कार्यालयहरुबाट अनुगमन गर्दा फितलो हुन्छ । नियमित र व्यवस्थित पेशा गर्नेलाई झर्को हुन्छ । बैठकमा बोल्दै उपमेयर खड्गी श्रेष्ठले भनिन् – ‘उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सबै पक्षलाई लिएर महानगरको नेतृत्वमा अनुगमन गरौं । अनुगमन मौसमी भयो भने बजार नियमन हुन सक्दैन त्यसैले यसलाई नियमित गरौं ।’

बैठकमा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीका समयमा खाद्यान्न, फलफूल र तरकारीको आयातमा कमी भएको बताउँदै यही बहानामा मुल्य बढेको गुनासो आएको बताए ।

गुनासोको व्यवस्थापन गर्नको लागि पनि अनुगमन गर्नु पर्ने उनको भनाइ छ ।

बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरित काम गर्नेलाई दण्डित गर्ने अधिकार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छ । महानगरपालिकाले संयन्त्र बनाउने हो भने यो अधिकार हामी प्रत्यायोजन गर्न सक्छौं ।

बैठकमा विभागका निर्देशक सागर मिश्रले त्यो संयन्त्र तयार नहुञ्जेल महानगरबाट हुने अनुगमनमा विभागको प्रतिनिधि सहभागी हुने बताउनु भयो । विभागका प्रतिनिधिले त्रुटी गर्नेलाई अनुगमनकै क्रममा जरिवाना तिराउन सक्नेछन् ।

बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल चेम्बर अफ कमर्स, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : २३ बजे

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु