पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने | Khabarhub Khabarhub

पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको फैसला पुनरावलोकन हुने भएको छ ।

कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले उनी रिहा भएकै दिन पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

आफ्नै श्रीमती हत्या गरेका कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको भएपनि प्रधानन्यायधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सजाय घठाउने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलापछि साउन ८ गते रिहा भएका छन् ।

इजलाशको अनुमतिपछि अब कोइरालको मुद्दा फेरि अदालती प्रक्रियामा प्रवेश गरेको छ ।

अब हुने सुनुवाइमा प्रधानन्याधीशसहितका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा, डाक्टर मनोजकुमार शर्मा, डाक्टर आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लसहित आजको इजलाशमा सहभागी न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी लगाएतका १० जना न्यायाधीशहरूले हेर्न नमिल्ने सर्वोच्चले जनाएको छ ।

अदालतमा रहेका १९ जना न्यायाधीशमध्ये १० जनाले हेर्न नमिल्ने भएपछि बाँकी ९ जनामध्येका पाँच जनाले मुद्धाको सुनुवाइ गर्नेछन् ।

यस्तो छ आदेश

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ४१ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै