एम्बाप्पेको खुट्टामा गम्भीर चोट | Khabarhub Khabarhub

एम्बाप्पेको खुट्टामा गम्भीर चोट


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका फ्रान्सका स्टार केलियन एम्बाप्पेको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।

फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जीत निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भीर चोट लागेको हो ।

२१ वर्षीय एम्बाप्पेलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए ।

पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ । क्लबले बिज्ञप्ती निकाल्दै एम्बाप्पेको चोट गम्भीर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हो ।

पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ ।

च्याम्पियन्स लिगको सेमिफाईनल अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ । एम्बाप्पेले यस सिजन ३३ खेलमा २९ गोल गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : २९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन