मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी | Khabarhub Khabarhub

मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलानबटोर  मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ।

आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ। सत्तारुढ दलको यो लगातार दोस्रो जित हो।

सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो। बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए।

छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो। जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाई छ।

तैपनि मंगोलियामा २१९ जनामा कोरोना संक्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०