गण्डकी प्रदेशमा एकै दिन १७ जनाले जिते कोरोना संक्रमण | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा एकै दिन १७ जनाले जिते कोरोना संक्रमण


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशबाट १७ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् ३३ जना संक्रमितमध्ये कास्की, पर्वत, स्याङ्जा र गोरखाका गरी १७ जना डिस्चार्ज भएका हुन् ।

तीमध्ये ५ जना महिला छन् । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले शुक्रबार साँझ विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएका हुन् ।

जसअनुसार कास्कीका १४ जना, पर्वत, स्याङ्जा र गोरखाका १–१ जना छन् । उनीहरु सबैजनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना निको भएर घर जानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले फूल र अविर लगाएर बिदाइ गरे  ।संक्रमणमुक्त भएर घर फर्किनेहरूले आफूले आत्मबलले कोरोना जितेको बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुको विवरण

 

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ३८ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले