१६ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, परिवार तनावमा | Khabarhub Khabarhub

१६ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, परिवार तनावमा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा एक टिकटक स्टारले आत्महत्या गरेकी छिन् । १६ वर्षीया सिया कक्करले बिहीवार आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने अझै खुलेको छैन । तर, लामो समयदेखि डिप्रेसनमा रहेको जनाइएको छ । दिल्लीमा बस्दै आएकी सिया टिकटकमा चर्चित थिइन् ।

सियाले दिल्लीको गीता कोलोनीस्थित आफ्नो घरमा राति ९ बजे आत्महत्या गरेकी थिइन् । बलिउडमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेको १० दिनपछि सियाले आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनीबाट कुनै सुसाइड नोट पनि मिलेको छैन । सियाको आत्महत्याले परिवार तनावमा छ । परिवारका कुनै सदस्यले पनि घटनालाई लिएर केही नबोलेको भारतीय मिडियाले जनाएका छन् ।

सामाजिक सञ्जालमा लोकप्रिय सियालाई इन्स्टाग्राममा १ लाखभन्दा बढीले फलो गरेका थिए । उनले २० घण्टापहिले टिकटकमा एक भिडियो अपलोड गरेकी थिइन् ।

प्रहरीका अनुसार लकडाउन भएपछि उनी घरमै बसेकी थिइन् । र, उनी गएको ४/५ दिनदेखि डिप्रेसनमा थिइन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ३१ बजे

बारम्बार तिर्खा लाग्नु पनि स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्