अस्पतालको बेडमा सुतेकी महिलालाई 'किस' गर्न खोजेपछि ... | Khabarhub Khabarhub

अस्पतालको बेडमा सुतेकी महिलालाई ‘किस’ गर्न खोजेपछि …


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – अस्पतालको बेडमा सुतेकी महिलालाई किस गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

विराटनगर–७ स्थित कोशी अस्पतालको महिला मेडिकल वार्डमा बिरामी कुरुवा बसेकी महिलालाई चुम्बन गर्न खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ पर्नेमा कटहरी गाउँपालिका, वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार मण्डलले बुधवार राति साढे ३ बजे अस्पतालको बेड नम्बर २०२ मा रहेकी महिलालाई चुम्बन गर्ने प्रयास गरेका थिए ।

अहिले ती युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : १३ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई