क्लेर बनिन् एमसीसीको पहिलो महिला अध्यक्ष | Khabarhub Khabarhub

क्लेर बनिन् एमसीसीको पहिलो महिला अध्यक्ष


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्ल्यान्डकी पूर्व कप्तान क्लेर कोन्नोर मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा चयन भएकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एमसीसीको २ सय ३३ वर्ष लामो इतिहासमा क्लबको नेतृत्वमा पुग्ने पहिलो महिला क्लेर भएको उल्लेख गरेको छ ।

बुधबार भएको एमसीसीको वार्षिक साधारण सभाले क्लेरलाई नयाँ अध्यक्ष घोषणा गरेको हो । इङ्ग्ल्यान्डका लागि १ सय ११ अन्तर्राष्ट्रिय खेल खेलेकी अलराउण्डर क्लेरले १६ सय ४ रन बनाएकी थिइन् भने १ सय ४ विकेट हात पारेकी थिइन् ।

क्लेर सन् २००० देखि २००६ सम्म टिमको कप्तान रहेकी थिइन् । उनको नेतृत्वमा इङ्ग्ल्यान्डले २००५ मा एतिहासिक एसेज सिरिज जितेको थियो ।

नोबेल कोरोना भाइरस (कोभिड१९) ले गर्दा वर्तमान अध्यक्ष कुमार साङ्गाकाराको कार्यकाल सन् २०२१ को अक्टोबर सम्मका लागि थपिएको छ । अध्यक्ष घोषित क्लेर अक्टोबरपछि मात्रै नेतृत्वमा आउनेछिन् ।

क्लेर इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको महिला विभागको म्यानेजिङ डाइरेक्टरको कार्यभार सम्हालिसकेकी छिन् ।

क्लेरले एमसीसीको अध्यक्ष चुनिँदा खुशी लाग्नुको साथै सम्मान महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । ‘एमसीसीको अध्यक्ष चयन हुँदा निकै सम्मान महसुस गरेकी छु । क्रिकेटले मेरो जीवनमा ठूलो स्थान पाइसकेको छ र अब मेरो हातमा यो अवसर पनि आएको छ,’ क्लेरलाई उद्धत गर्दै आईसीसीले लेखेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ४५ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ