कालिकोटमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित | Khabarhub Khabarhub

कालिकोटमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।

गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।

फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको र त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल चालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अमेरिकन फौजी किराको नियन्त्रणका लागि विषादी खरिद गर्ने प्रयास थालिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जानकारी दिए ।

“कीराको बिगबिगी बढ्दै जाँदा किसानहरु चिन्तित भएका छन्”, उनले भने, “आफ्नो खेतबारीमा लगाएको अन्नबाली किराले नष्ट गरेपछि उनीहरुले कृषि विकास कार्यालयमा सम्पर्क गरेका छन् ।”

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : १६ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर