रिपोर्ट 'नेगेटिभ' आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस् : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

रिपोर्ट ‘नेगेटिभ’ आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस् : स्वास्थ्य मन्त्रालय


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका हुन् ।

अहिले कोरोना परीक्षण गर्ने कतिपय व्यक्तिहरुले आफ्नो नेगेटिभ रिपोर्ट आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विवरण नै समेत सार्वजनिक गर्ने गरेको पाइन्छ ।

मानिसहरु कोरोना नेगेटिभ आएको रिपोर्ट सार्वजनिक गर्दै आफू कोरोना मुक्त रहेको समेत बताउन थालेपछि यसविषयमा प्रवक्ता डा देवकोटाले सबैलाई सचेत गराएका हुन् ।

प्रवक्ता डा देवकोटाले एक पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाबाट मुक्त नभइने बताएका छन् ।

‘अहिले परीक्षणको दायरा बढेसँगै कतिपयले कोरोना परीक्षण गराउनु भएको छ, उहाँहरुले नेगेटिभ नतिजा आउने वित्तिकै अब मलाई कहिल्यै कोरोना लाग्दैन, कोरोनाबाट मुक्त रहेछु भन्ने बुझाई सही होइन,’ डा देवकोटाले भने, ‘हामीले कोरोना संक्रमण छ वा छैन भनेर पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गछौं, त्यो चाँही तत्कालका लागि हो, भोलिपल्ट फेरि तपाईको सम्पर्क संक्रमितसँग भयो भने तपाईंमा संक्रमण सर्न सक्छ ।’

उनले कोरोना निको भएर घर फर्किएकाहरुमा पुन पोजेटिभ देखिन सक्ने भन्दै कोरोना निको भएकाहरुलाई पनि सजक रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : २९ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ