नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भए | Khabarhub Khabarhub

नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भए


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित लाइभ अपडेटमा १५५ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो ।

संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १५५ पुगेको जानकारी दिए ।

उनले भने “कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।” आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको उनले जानकारी दिए ।

कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ५ : ०८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को