थप २ जनामा कोरोना पुष्टिसँगै सुदूरपश्‍चिम प्रदेशमा संक्रमित १७ पुगे | Khabarhub Khabarhub

थप २ जनामा कोरोना पुष्टिसँगै सुदूरपश्‍चिम प्रदेशमा संक्रमित १७ पुगे


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्‍चिम प्रदेशमा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका छन्। योसँगै सुदूरपिश्‍चिममा संक्रमितको संख्या १७ पुगेको छ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनमा कोरोना पुष्टि भएको हो। पछिल्लो पटक थपिएका संक्रमित कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जनानकारी दिए।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेकी थिइन्। उनका बुवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सेती अस्पतालमा उपचार भइरहेको छ।

कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन्। उनी पनि भारतबाट आएको खुलेको छ। उनको टीकापुर अस्पतालमा उपचार हुने सूचना अधिकारी श्रेष्ठले जनानकारी दिए। क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। यसअघि शुक्रबार, शनिबार र आइतबार गरी सुदूरपश्‍चिमका १० जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

कैलालीका तीन जना संक्रमितमध्ये एकजना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए। अन्य तीनजनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ। शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। सुदूरपश्‍चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्‍चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ४ : २८ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो