गुल्मीमा गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

गुल्मीमा गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएको पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका अध्यक्ष भएको पाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । गुल्मीका कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति धुर्कोट गाउँपालिका वडा नम्बर ४ को व्यक्ति भएको पनि उनले जानकारी दिए ।

पोखरेलका अनुसार अर्को कोरोना संक्रमित भने भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । ती व्यक्ति दिर्घ रोगी समेत रहेको पोखरेलको भनाइ छ ।

उनले आफू र ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवा अनिश्चितकालिन रुपमा बन्द भएको समेत बताए ।

यस्तै गाउँपालिकाको केन्द्र बर्बोट क्षेत्र देखि वडा नम्बर ४भुवान सम्मको क्षेत्रलाई सील गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ४ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०