ध्यान साधनाका अमृतमय तीन चरण « Khabarhub

ध्यान साधनाका अमृतमय तीन चरण


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पृथ्वीका चराचर प्राणीमध्ये मानव मात्र यस्तो प्राणी हो जसले यो सृष्टिको समग्र रहस्यलाई बुझ्ने सामर्थ्य राख्दछ । त्यो सामर्थ्य ध्यानबाट मात्र सम्भव हुन्छ ।

ध्यानबाट हामीले दैनन्दित भोग्ने तनाव, पीर, चिन्ता, अवसाद आदिबाट मुक्त हुँदै अन्ततः सृष्टिका समग्र रहस्यलाई समेत बुझ्न सक्दछौं । यस आलेखमा ध्यानरुपी परम् तपस्याका केही चरणहरुका बारेमा उल्लेख गर्दैछु–

ध्यानको पहिलो अवस्था

पृथ्वीका कोलाहलमय चित्कार, रोदन, प्राकृतिक ध्वनि र यान्त्रिक ध्वनिहरुबाट उत्पन्न ध्वनिका विकिरण रश्मीहरु हामी जन्मनसाथ हाम्रो शरीरको कोष–कोषमा प्रवाह भएको हुन्छ ।

यिनै ध्वनिका कणहरु मानव कोषमा विद्यमान रहेको हुनाले मीठो ध्वनिको धुनले हामी जोकोहीलाई मोहित बनाउछ । ध्वनि स्वरको झञ्कारले शरीरका अंग–अंग र कोष–कोषमा रोमाञ्चित तरंग पैदा गराउँछ ।

शरीरका कोषमा अणु परमाणुमा ध्वनिको घटना प्रकृतिअनुरुप शरीरले जसरी ग्रहण गरेको हुन्छ । त्यसैअनुरुप मनुष्य जीवनको संस्कार, कर्म र उसको आनिबानी अनि व्यवहार बन्दछ । आध्यात्मिक साधनाको अभ्यास, आसन र प्राणायमबाट शरीरभित्रका विकिरण रश्मीहरुको ध्वनिलाई थप उत्कर्षमा पुर्‍याउने काम गरिन्छ ।

शरीरका अंग–अंगको संवेदनाका तरंगबाट र संगीतका अनेकौं वस्तुहरुको ठक्करबाट उत्पन्न ध्वनिका आवाजहरुले संस्कार बनेर कोष–कोषमा गढेर रहेका तरंगहरु बाहिर निष्कासन हुन थाल्छन् । यस्ता क्रियाहरुले आत्मविश्वास, आनन्द, खुसी, शरीरमा स्फूर्ति र शक्तिको उदय भएको महसुस गराउँछ ।

विस्तारै शरीरमा संस्कार बनेर रहेका जन्मजन्मान्तरदेखिका ध्वनिका विकिरण रश्मी घट्दै जान्छ । त्यसपछि शरीरमा नयाँ ध्वनिको प्रादुर्भाव हुन थाल्दछ । ऋषि–महर्षिहरु यही ध्वनिलाई स्वर ध्वनि या ॐ काररुपी ईश्वर पनि भन्दछन् ।

ध्यानको दोस्रो अवस्था

बुद्धि विवेकभन्दा पर मनलाई एक विषयमा एकाकार गराउँदै अनेकौं विषय भोग्दै भोक्ताभावबाट अलग द्रष्टाभावमा स्थित रहँदै विषयप्रति साक्षी, तटस्थ अनि सजग रहँदै कर्ताभावबाट द्रष्टाभाव र साक्षी, तटस्थभाव पनि विलय भएर अखण्ड स्वरुपको उदय हुन्छ । यस अवस्थामा विषयप्रति घटना घटिरहन्छ । जानिरहेको छु बुझिरहेको छु, देखिरहेको छु भन्ने भावना साधक रहन्छ ।

अचम्म यस्तो हुन्छ कि देख्नेवालाले आफैंलाई परबाट हेरिरहेको हुन्छ । अर्थात् भौतिक दुनियाँ देख्न व्यक्तिले विषयलाई चर्म चक्षुले देख्छ भने यहाँ विषयले चाहिँ स्वयं ध्यानस्थ साधकलाई परबाट देखिरहेको हुन्छ । बुझाउनै कठिन छ कि जो साधक ध्यानस्थ हुन्छ उसैलाई परबाट विषयले नियालिरहेको हुन्छ । अर्थात् पुनः भन्दा ध्यान गरिरहेको साधकलाई नै विषयरुपी द्रष्टाले परबाट नियालिरहेको हुन्छ । बडो अचम्म ।

यसरी साधकको जीवनमा ध्यानको पाना पल्टिन्छ । साधनामा नयाँ मोड आउँछ । यहाँ बुद्धि, विवेक हराएर अखण्ड चेतनाको प्रादुर्भाव हुन्छ । माथिको अवस्थामा आउन दुर्भावना, दुर्विचार, क्रोध र अहङ्कार मनबाट बाहिर निकालेर तटस्थ द्रष्टाभावमा अर्थात् वस्तुलाई कल्पनाको विषय बनाएर साधक धारणामा त्यसलाई धारण गर्दै अगाडि बढ्न पुग्छ ।

रमाइलो यहाँ यस्तो गजब छ, जुन विषयप्रति धारणामा गयो साधक त्यही विषय धारण गर्दछ र त्यो विषयको प्रभाव शरीरले ग्रहण गर्दछ । शरीरमा धारणाका प्रभावसँगै उपयुक्त प्रभाव र एकाङ्गी गुरुमन्त्रले गति लिन्छ । गुरुमन्त्रलाई गुरुदीक्षा या दीक्षामन्त्र पनि भनिन्छ । गुरुदीक्षाबाट तरंगको गति शरीरभरि फैलिएको महसुस हुन्छ । भगवान् बुद्धले गुरुमन्त्रको तरंग गतिलाई स्वयं व्यक्तिभित्रै शिरदेखि पाउसम्म कुनै अंग नछाडी प्रवाहित हुने गरी संवेदनामा बदल्न सक्ने अचुक अस्त्र साधकलाई दिनुभयो ।

मानवशरीर पृथ्वी, जल, तेज, वायु र आकाशरुपी पञ्चतत्वले बनेको हुन्छ । ध्यानको अवस्थामा हाम्रो शरीरले तरंग गति या भनूँ साधक पञ्चतत्वको रुप धारण गर्न पुग्छ । अध्यानीहरुमा पनि यो अवस्था आउँछन् तर ख्याल गर्दैनन्, उनीहरुमा होस रहँदैन ।

पञ्चतत्वका रुप लक्षणहरु–

पृथ्वी तत्व– शरीरमा भारीपन, अजङ्गको विशाल शरीरले रुप धारण गरेको, अँधेरोपन, आदि ।
अग्नि तत्व– शरीरमा गर्मीपन, जलन, रिस, आदि ।
वायु तत्व– शरीरमा कम्पन, आफू उडेर गएको अनुभूत हुने, आदि ।
जल तत्व– शरीरमा पानीको मात्र देखिनु, पसिना आउनु, चिसोपन महसुस हुनु, आदि ।
आकाशतत्व– शरीर हलुका, चित्त निर्मल, जीवन कञ्चन, खुसी, आनन्द, आदि । योसँगै गुरुत्वाकर्षण पृथ्वीसँग नभई आकाश र वायुतत्वसँग पनि पो रहेछ भन्ने महसुस हुन्छ ।
यस्तो अवस्थामा ध्यानीहरुका शरीरले अनेकौं रुप धारण गरेको हुन्छ । साधक यहाँ अप्ठेरो मोडमा पर्न पनि सक्छन् । यस्तो अवसथामा उसलाई सही मार्ग निर्देशनको खाँचो पर्दछ ।

ध्यानको तेस्रो अवस्था

ध्यानको तेस्रो चरण अत्यन्त जटिल अवस्था हो । यहाँसम्म आउन साधकमा ईश्वर भक्ति, गुरु श्रद्धा र ध्यान साधनाप्रति शरणागति हुनुपर्छ । यो अवस्थामा इन्द्रियहरु सक्रिय हुन थाल्दछन्, जसलाई इन्द्रियभेदन भन्न सकिन्छ ।

साधक यस अवस्थामा आइपुगेपछि आँखाले मात्र नभई शरीरका अरु अंगहरुले पनि देख्न थाल्छन् । आँखाले हेर्न/देख्न नसक्ने दृश्य र हजार गुना औंसीको रात शरीरका अरु अंगले एकैसाथ देख्दछ । कानले सुन्ने शक्ति शरीरको रोम–रोमले भयावह आवाजसँगै मसिना कीरा सलबलाएझैँ हरेक वस्तु चलायमान, चलायमानसँगै दिव्य प्रकाशमा अद्भूत ध्वनिका गुञ्जन सुनिन्छ । आफ्नो शरीरबाट शरीर निस्केको प्रत्याभूति हुन्छ । जसलाई यसअघि आत्मा भनी हामीले भ्रम पालेर बसेका थियौैं ।

यसरी इन्द्रियले अनेकौं रुप धारण गर्दछ ।

नाकको सुँघ्ने शक्ति प्रबल बन्छ भने जिब्रोबाट अमृत स्वादको धारा प्रवाह वर्षन थाल्दछ ।

यिनै सक्रिय इन्द्रियहरुमध्ये एक इन्द्रियबाट साधनाको अभ्याससँगै साधक व्याकुल हुँदै वैराग्य अवस्थामा प्रवेश गर्दछ ।
अन्ततोगत्वा सबै इन्द्रियहरुको प्रतिनिधित्व गरेझैँ अद्भूत, चलायमान वस्तु, दिव्य ध्वनि, दिव्य प्रकाश शरीरको कुनै अंगबाट प्रवेश गरेको अनुभव हुन्छ । ध्यानी अब आफ्नो शरीरभित्रको अंग–अंगबाट रोमाञ्चित हुँदै शरीरले अदभूत ज्ञानको अनुभूति प्राप्त गर्दछ ।

यहाँ शिष्यको श्रद्धा, भक्ति र शरणागत देखेर शिष्यप्रति गुरु भावविह्वल बन्न पुग्दछ ।

ध्यानको पहिलो र दोस्रो अवस्था गुरुद्वारा सम्भव छ भने तेस्रो अवस्थामा कसैले चाहेर पुग्न सकिन्न, न मानव गुरुले इच्छाएर नै पु¥याउन सक्छन् । गुरुले यति गरिदिन सक्छन् वातावरण र अवस्था हेरेर व्यवस्थापन गरिदिन सक्छन् । साधकको प्रयास शरणागत हुनु हो । बाँकी एक छ उसैको कृपा । जसलाई हामी परमात्मा भन्न सक्छौं, उसैको कृपा यहाँ धन्य हुन्छ ।

अब शिष्यको जीवनले नयाँ जीवन पाउँदै जान्छ । हरेक अवस्थाको उदय हुन्छ । मानव संस्कारको नवजन्म हुन्छ ।
साधक अध्यात्मिक पथमा सम्भावित परिघटनालाई अलौकिक वेदनामा स्थित रहँदै चित्त निर्मल बन्दै जान्छ ।

त्यसैले साधनाका शुरुका दिनमा वा ध्यानको पहिलो अवस्थामा तनाव, चिन्ता, डर आयो भनेर आत्तिएर भाग्नु वा ध्यानबाट विमुख हुनु हुँदैन ।

साधनाका शुरु चरणमा जो अवसाद र फसादमा पर्छ, धैर्यसँग साधनालाई निरन्तर रुपमा अघि बढाउँदै जाँदा कुनै दिन उही साधक नै ध्यानको तेस्रो चरणमा पुगेर परमानन्द साक्षात्कार वा सृष्टिको समग्र रहस्य बुझ्न सक्दछ । ध्यानको तेस्रो अवस्थामा स्थित रहने व्यक्ति नै तत्वज्ञानी हो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : ४० बजे

चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत  बिजयी 

जुम्ला- जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथकाे मेयरमा स्वतन्त्र उम्मेदवार

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी गुरुङको प्यानल विजयी

बारा – जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन

बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं- ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर- उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार

बारा- बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा