कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे | Khabarhub Khabarhub

कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् ।

कपिलवस्तु नगपालिका–४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जना मध्ये ३५ जना भागेका हुन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताए ।

उनले प्रदेश र केन्द्र सरकारले वेवास्ता गर्दाक्वारेन्टाइमा भएका व्यक्तिहरु व्यवस्थापना गर्न नसकिएको बताए ।

‘क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा सत्य हो,’ नगर प्रमुख सिंहले भने, ‘एउट नगर प्रमुखले मात्र के गर्न सक्छ, न प्रशासनको सहयोग छ, न प्रदेश, केन्द्र सरकारको सहयोग छ । क्वारेन्टाइन बसाइ सकिन लाग्दा पनि कोरोना परीक्षण गर्न पाउँदैनन् अनि मान्छे नभागेर के गर्छन् त ।’

उनले आफुहरुको गाउँपालिकामा क्वारेन्टाइमा रहेकाहरुको कोरोना परीक्षण गर्न प्रदेश र केन्द्र सरकारमा भनेपनि कोरोना परीक्षणका लागि किट न नआएको बताए ।

‘मैले आफैले बल्लबल्ल केही किट ल्याए, हामीसँग स्वास्थ्यकर्मी छैनन्,’ नगर प्रमुख सिंहले भने, ‘प्रदेश र केन्द्र सरकारलाई स्वास्थ्यकर्मी पठाइदिनु भने तर सरकारले सुनेन । समयमा कोरोना चेकजाँच हुँदैन, मानिसहरु आत्तिन्छन् अनि भाग्छन् ।’

उनले कोरोना क्वारेन्टाइमा रहेकाहरुको अतिपयको रिपोर्ट नै समयमा नआएको र कतिपयको कोरोना परीक्षण नै हुन नसकेको गुनासो गरे ।

कपिलवस्तु नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका एक अहेवका अनुसार गाउँपालिकामा भित्र क्वारेन्टाइनहरु स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसारका छैनन् ।

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।

उनले भने, ‘उनीहरुलाई स्कुलमा राख्ने काम मात्र भयो । सेवा सुविधा केही छैन । एकदिन म गएको थिएँ । नियमित स्वास्थ्यकर्मी पनि त्यहा हुँदैनन् । क्वारेन्टाइमा समस्या नै समस्या छ ।’

समयमा कोरोना परीक्षण पनि नकपिलवस्तु नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका एक अहेवका अनुसार गाउँपालिकामा भित्र क्वारेन्टाइनहरु स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसारका छैनन् ।

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।

उनले भने, “उनीहरुलाई स्कुलमा राख्ने काम मात्र भयो, सेवा सुविधा केही छैन, एकदिन म गएको थिए, नियमित स्वास्थ्यकर्मी पनि त्यहा हुँदैनन्, क्वारेन्टाइमा समस्या नै समस्या छ, समयमा कोरोना परीक्षण पनि नभएपछि उनीहरु भागेका रहेछन् ।भएपछि उनीहरु भागेका रहेछन् ।”

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : १३ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै