सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचिमा | Khabarhub Khabarhub

सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचिमा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेट खेलाडीको सूचिमा परेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका छन् ।

२० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको छ ।

एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन् ।

यो सूचीमा भारतका धेरै खेलाडी परेका छन् । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् । सन्दीप लामिछाने  लेग स्पिनर हुन् भने कुशल मल्ल अलराउण्डर हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ५२ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल