बौद्ध-जोरपाटी क्षेत्रका मजदुरलाई राहत प्रदान | Khabarhub Khabarhub

बौद्ध-जोरपाटी क्षेत्रका मजदुरलाई राहत प्रदान


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका मजदूरहरुलाई राहत वितरण गरिएको छ ।

काटमाडौंकाे बौद्ध-जोरपाटी क्षेत्रका मजदुरहरुलाई बौद्ध निवासी रोसना लामाले व्यक्तिगत पहलमा राहत वितरण गरेकी हुन् ।उनले लकडाउनको कारण दैनिक मजदुरी गर्नेहरु पीडामा रहेको भन्दै आफूले सानो सहयोग गरेको बताइन् ।

बौद्ध वडा नम्वर ६ को समन्वयमा मजदुरलाई राहत वितरण गरिएको उनले जानकारी दिइन् । उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सक्रिय रहने जानकारी दिइन् ।

राहत पाएपछि मजदुरहरु खुशी बनेका थिए । उनीहरुले आफूहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनीहरुलाई १५ केजी चामल, दुई केजी दाल,तेल, नुन लगायतका राहत सामाग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : १७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न