लकडाउनको नियममा बस्न र सडकमा नथुक्न मोदीको आह्वान | Khabarhub Khabarhub

लकडाउनको नियममा बस्न र सडकमा नथुक्न मोदीको आह्वान


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै लकडाउनको नियममा बस्न आह्वान गरेका छन् ।

आइतवार रेडिओबाट गरिएको सम्बोधनमा मोदीले सम्बोधनमा मोदीले सामाजिक दूरी पालना गर्न र सार्वजनिक स्थलमा थुक्ने बानी रोक्न आह्वान गरे।

“हाम्रो शहरमा, हाम्रो गाउँमा, हाम्रो सडकमा, हाम्रो कार्यालयमा कोरोनाभाइरस आइपुगेको छैन र त्यसैले अब आउँदैन भन्ने विश्वास लिएर अतिआत्मविश्वासी नहुन आह्वान गर्छु,” उनले भने।

शनिवार भारतका साना पसलहरूलाई सामाजिक दूरी कायम राखेर र आधा मात्रै कर्मचारीलाई मास्क लगाएर काममा राखी पसल खोल्न अनुमति दिइएको छ ।

भारतमा २४ घण्टामा २,००० नयाँ कोरोनाभाइरस सङ्क्रमण भएर कुल सङ्क्रमण सङ्ख्या २६,००० पुगेपछि मोदीको सो भनाइ आएको हो।

भारतमा हालसम्म ८०० भन्दा बढीले कोभिड-१९ का कारण जीवन गुमाइसकेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न