७ नेपाली युवाले कोरोना संक्रमितलाई औषधि र खाना पुर्‍याउने रोबोट बनाए, कोशी अस्पतालमा प्रयोग गरिने | Khabarhub Khabarhub

७ नेपाली युवाले कोरोना संक्रमितलाई औषधि र खाना पुर्‍याउने रोबोट बनाए, कोशी अस्पतालमा प्रयोग गरिने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोरोना संक्रमितलाई औषधि र खाना लैजानका लागि नेपाली युवाहरुले रोबोट बनाएका छन् ।

विराटनगरस्थित कारखाना यूवा समूहले कोरोना सक्रमित बिरामीलाई सहज रुपले अस्पताल भित्र खाना तथा औषधि पुर्याउन रोबोट निर्माण गरेका हुन् ।

सातजना युवा मिलेर ड्रोन क्यामरा सहित ‘डेलिवरी व्वाई’ नामको उक्त रोबोट युवाहरुले आज विराटनगर महानगरपालिकाकालाई हस्तान्तरण गरेका छन् ।

महानगरपालिकाको सहयोगमा ५० हजार रुपैयाँ लागतमा सात जना युवाले निर्माण गरेको उक्त रोबोट महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना सक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस भन्ने उदेश्यले रोबोट निर्माण गरेका हुन ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको संक्रमितहरुलाई खाना लगायत औषधिहरु संक्रमित रहेको ठाउमा पुर्याउन रोबोट प्रयोगमा ल्याईने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा संगिता मिश्राले बताइन् ।

महानगरपालिकाका प्रमुख पराजुलीले उक्त रोबोट कोशी अस्पतालका प्रमुख डा. मिश्रालाई आजै हस्तान्तरण गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४९ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर