प्रहरीले अपहरणको जाहेरी नलिएपछि सर्वोच्च जाने तयारीमा सांसद यादव | Khabarhub Khabarhub

प्रहरीले अपहरणको जाहेरी नलिएपछि सर्वोच्च जाने तयारीमा सांसद यादव


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद एवम् पूर्वराज्यमन्त्री डा सुरेन्द्र यादव आफूलाई अपहरण गरिएको जाहेरी लिएर सर्वोच्च अदालतसम्म जाने भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले जोहेरी दर्ता गर्न अस्वीकार गरेपछि सांसद यादव जाहेरी दर्ताका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा लागेका हुन् ।

सांसद यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई अपहरण गरी काठमाडौं ल्याएको तथा बन्धकमा राखेकाले आवश्यक अनुसन्धान तथा कारबाहीको माग गर्दै आइतबार जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंले डा यादवको जोहेरी दर्ता गर्न मानेन् ।

‘अपहरण र शरीर बन्धकजस्तो घटनामा मौखिक सूचनाका आधारमा पनि अनुसन्धानमा जुट्नुपर्ने प्रहरीले हामीले उजुरी नै दर्ता गर्न जाँदा पनि दर्ता गर्न मानेन,’ पूर्व राज्यमन्त्री समेत रहेका सांसद यादवका कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले खबरहबसँग भने, ‘अब हामी प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको व्यहोरासहित भोलि (सोमबार) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जान्छौं । सरकारी वकिलले पनि जाहेरी लिएन भने सर्वोच्च अदालत जान्छौं ।’

वरिष्ठ अधिवक्ता त्रिपाठी संविधानको धारा १३३ को उपधारा २ अनुसार पीडित पक्ष जाहेरी दर्ताका लागि परामदेशको माग गर्दै सर्वोच्च अदालत जान सक्ने बताउँछन् । प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता गर्न नमानेको देखिए सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न परमादेशको आदेश जारी गर्न सक्छ ।

‘कुनै पनि पीडित न्यायको हकबाट बञ्चित हुन्छ भने अन्तिममा जाने अदालतमै हो । हामी पनि अन्तिममा अदालत नै जाने हो,’ त्रिपाठीले भने, ‘भोलि (सोमबार) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जाहेरी दर्ता गर्न जान्छौं । सरकारी वकिलले दर्ता गर्न मानेन भने अन्तिम विकल्प सर्वोच्च अदालत नै हो ।’

समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए ।

तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरी भएको भन्दै उजुरी दर्ता गर्न मानेन ।

उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : २९ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै