सांसद यादवलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेता | Khabarhub Khabarhub

सांसद यादवलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेता


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर पुगेका हुन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ ।

पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनले नै बोलाएर काठमाडौं ल्याउन गएको दाबी गर्दै आएका छन् ।

समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको आरोप समाजवादीले लगाएको छ । उनी बिहीबार बिहान होटलबाट भाग्न सफल भएको दाबी गरिँदै आएको छ ।

तर केहीले भने रातिनै राजपा र समाजवादीबीच एकता भएपछि उनले अपहरणको नाटक गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०