अमेरिकामा थप एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा थप एक नेपालीको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

मेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो ।

कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाले ज्यान गुमाएका छन् । ९ लाख ६० हजार ८९६ जना संक्रमित छन् ।

७ लाख ८८ हजार विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर छ । १ लाख १८ हजारबढी उपचारपछि घर फर्किएका छन् ।

मृतक कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा छन् । उनकी श्रीमती केही दिन बिदामा नेपाल आएको र लकडाउनका कारण यतै रोकिएकी छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ३७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या