कोरोना भाइरस : बेलायतमा अहिलेसम्म ३३ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : बेलायतमा अहिलेसम्म ३३ नेपालीको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ ।

सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण अनुसार अहिलेसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । बेलायतस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए ।

गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक फरक पाइएको हुन सक्ने बताए ।

मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन