कोरोना भाइरस : नेपालमा १२ जना निको भएर घर फर्किए, अन्यको अवस्था के छ ? | Khabarhub Khabarhub

कोरोना भाइरस : नेपालमा १२ जना निको भएर घर फर्किए, अन्यको अवस्था के छ ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितनव- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ रहेको छ । ४९ जना मध्ये पनि १२ जना निको भएर घर फर्किसकेका छन् । शनिबार थप १ जना निको भएर घर फर्किएसँगै कोरोनाविरुद्धको लडाइँ जित्नेको संख्या १२ पुगेको हो ।

कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि शनिबार घर पठाइएको छ ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको जानकारी दिएको हो ।

र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उनीमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।  तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि उनलाई शनिबार घर पठाइएको हो । घर पठाइएपछि पनि उनी एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

आमाको उपचार भइरहेकाले उनी अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । सङ्क्रमितले आफ्नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उनले बताए ।

उनी गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन पुगेका  उनीहरुलाई वैशाख ३ गते र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको, वैशाख १३ गते अस्पतालबाट डिस्चार्ज ।
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
४७. १४ वर्षीय नाबालिक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
४८. २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
४९. ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको

 

 

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ५४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द