लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको उलंघन गरी सवारी चलाउने  २ सय ३५ सवारी साधनलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहीबार बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने जम्मा दुई सय ३५ सवारीसाधन नियन्त्रणमा लिइएको माहानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ।

यी मध्ये दुई सय १२ ओटा दुई पाग्रे र २३ ओटा चार पांग्रे रहेका छन्।

बुधबार १ हजार ६३ ओटा सवारीसाधन कारबाहीमा परेका थिए।  बुधबार समातिएका सवारीसाधनलाई सम्झाई बुझाई गरेर छोडिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ३२ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको