भारतको जम्मू कश्मीरमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको जम्मू कश्मीरमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारत प्रशासित जम्मू कश्मीर युनियन टेरिटोरीमा पहिलो पटक एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जम्मू कश्मीरको हैदरपोरा क्षेत्रमा एकजना ६५ वर्षे व्यक्तिको मृत्यु भएको श्रीनगरका मेयर जुनैद आजम मत्तुले ट्वीटमार्फत् जनाएका छन् ।

मृतकको सम्पर्कमा रहेका अरु ४ जनालाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतको कर्णाटक र राजस्थान राज्यमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्णाटकमा ७० वर्षे बृद्धाको मृत्यु भएको हो भने राजस्थानमा कोरोना भाइरसका कारण ७३ वर्षे बृद्धको मृत्यु भएको हो ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतमा अरु ६५० जनाभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित छन् ।

कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको भएपनि भारतमा हरेक दिन नयाँ नयाँ संक्रमितहरु देखिदै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका