सरकारले ‘डेलिभरी भ्यान’मार्फत् खाद्यवस्तुको आपूर्ति सहज बनाउने  | Khabarhub Khabarhub

सरकारले ‘डेलिभरी भ्यान’मार्फत् खाद्यवस्तुको आपूर्ति सहज बनाउने 


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले नागरिकलाई ‘डेलिभरी भ्यान’मार्फत् आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज बनाउने भएको छ।

बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यकीय खाद्य सामग्री डेलिभरी भ्यानमार्फत आपूर्ति गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्‍क्रमण रोक्न देशभर लकडाउन गरेको अवस्थामा दैनिक उपभोग्य सामानकाे अभाव हुन नदिन सरकारले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं बिक्रेताहरूले आ-आफ्नो डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्था मिलाउने निर्णय गरेको छ।

डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने गृह मन्त्रालयले जनाएको छ।

पसलहरू सञ्चालन, माग सङ्‍कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउने, माग सङ्‍कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गगर्नका लागि सबै स्टोर एवं बिक्रेताहरूले आ-आफ्नो टोल-फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचारप्रसारको व्यवस्था मिलाउने, फोन, अनलाइन वा अफलाइनमार्फत माग सङ्‍कलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरूको (कम्बो प्याकसमेत) बिक्रीवितरण गर्नेलगायत निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले आमनागरिकलाई घरबाहिर ननिस्किन समेत आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : २२ बजे

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात