फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने | Khabarhub Khabarhub

फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- कोरोना भाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ ।

इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने घोषणा गरेको हो ।

फ्रान्सेली समाचार संस्था ली फिगारोले वरिष्ठ सैनिक अधिकृतलाई उद्धृत गर्दै जनाएअनुसार इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको र इराकी फौजसँगका सबै तालिम कार्यक्रमहरु निलम्बन गर्ने निर्णय गरेको छ ।

फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३३१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ४ : ४५ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार

कतारी अमिरको भ्रमण : खेलकुद र शिक्षा क्षेत्रका समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम