प्रेमीसँग मिलेर पतिको हत्या : खानामा बिष मिलाएर बेहोस बनाए, इट्टाले हानेर ज्यान मारे | Khabarhub Khabarhub

प्रेमीसँग मिलेर पतिको हत्या : खानामा बिष मिलाएर बेहोस बनाए, इट्टाले हानेर ज्यान मारे


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रेमीसँग मिलेर आफ्नै श्रीमान्‌को हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–३ दीवारथान घर भएकी कोशिला देवी छन् ।

प्रहरीका अनुसार कोशिलाले आफ्ना प्रेमी राकेश कुमार मण्डलसँग मिलेर पति राजकिशोर मण्डलको हत्या गरेकी थिइन् । उनले गत फागुन २८ गते पति राजकिशोरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार प्रेमी राकेशकै सल्लाहमा कोशिलाले पति राजकिशोरलाई खानामा बिष मिलाएर खुवाएकी थिइन् । बिष मिलाइएको खाना खाएपछि सुतेका राजकिशोर सुतेकै अवस्थामा बेहोस भएका थिए ।

पति राजकिशोर बेहोस भएपछि कोशिलाले प्रेमी राकेशलाई बोलाएकी थिइन् । पछि दुवै जनाले बहोस भएका राजकिशोरलाई घर बाहिरको कल धारामा रहेको कङ्क्रिट (इट्टा) ल्याइ मुख र टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

राजेशको हत्या भएकै राति घटनास्थलमा पुगेको प्रहरीले कोशिलालाई उनकै घरबाट पक्राउ गरेको थियो । राकेशलाई भने कोशिलाको बयानको आधारमा धनुषाको शहीदनगर–७ स्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको (साबिती) बयानका क्रममा दुवै जनाले ‘प्रेम जोगाउन’का लागि भनेर योजना बनाएर राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ४ : ३६ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार