कृति सेनन भन्छिन् – खासमा यो अफवाह साँच्चिकै भइदिए... | Khabarhub Khabarhub

कृति सेनन भन्छिन् – खासमा यो अफवाह साँच्चिकै भइदिए…


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनका महिला फ्यान बढी छन् । त्यसमा कैयन् बलिउड अभिनेत्रीहरु पनि पर्छन् । कति अभिनेत्रीहरु ऋतिकका डाइहार्ट फ्यान छन् । कतिले ऋतिकसँग फिल्ममा काम गर्न उत्तिकै इच्छा देखाउँछन् ।

यो लिस्टमा दिलवाले, लुकाछिपी, बरेलीकी बर्फी हाउसफूल ४ जस्ता फिल्ममा अभिनय गरेकी कृति सेननको नाम पनि जोडिएको छ ।

हालै कृतिले खुलासा गरेकी छिन् कि ऋतिक रोशनसँग काम गर्ने भन्ने अफवाह वास्तविक बनोस् ।

एक अन्तर्वार्ताका दौरान कृतिले ऋतिक रोशनसँग काम गर्न चाहना भएको बताइन् । प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘मैले कैयन् अन्तर्वार्तामा यो कुरा भनेकी छु, म उनकी फ्यान हुँ, म आफ्नो कोठामा ऋतिकको पोस्टर लगाउने गर्थें, मैले उनलाई भेटेँ र कुराकानी गरेँ, उनी गज्जबका छन् ।’

उनले ऋतिक आफ्ना लागि प्रेरणाको स्रोत भएको पनि बताइन् । उनले ऋतिकसँग काम गर्ने मौका छिटो मिल्नेछ भन्नेमा आशावादी रहेको बताइन् ।

उनले भनिन्, ‘म चाहन्छु कि, तपाईं जति पनि हल्लाका बारेमा कुरा गर्नुहुन्छ, त्यो साँच्चिकै सत्य बनोस् ।’

हालै अभिनेत्री तमन्ना भाटियाले पनि आफू ऋतिकको फ्यान भएको बताएकी थिइन् । उनले त यतिसम्म भनेकी थिइन् कि, उनले ऋतिक रोशनका लागि ‘अनस्किृन नो किसिङ’ पोलिसी पनि तोड्न तयार छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : ४९ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्