आजपनि किटानाशक औषधि सार्वजनिक स्थलमा छर्किदै महानगर | Khabarhub Khabarhub

आजपनि किटानाशक औषधि सार्वजनिक स्थलमा छर्किदै महानगर


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौं महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ ।

यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरेको महानगरले जनाएको छ । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल,लाजिम्पाट र पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।

४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उनले बताए ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन/निस्संक्रामक औषधी छर्किएको थियो ।

यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको महानगरले जनाएको छ ।

उनले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताए ।

‘आज बिहान आज ४ हजार लिटर क्षमताको जेट मेसिनले मख्नबाटसुरु गरेर बसन्तपुर हुँदै लगन पुर्याएको छ । अर्को जेट मिसिन बानेश्वरहुँदै विमानस्थलसम्म पुगेको छ भने तेस्रोले महाराजगञ्जलगायतका स्थानमा काम गरेको छ,’ उनले भने, ‘अब साना सात ओटा ट्याङ्करसहित महानगर क्षेत्र भित्रका भीडभाड हुने स्थानमा जान्छौँ । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गर्नेछन् ।’

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : ५३ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,