गगन थापा कमजोर टिमका राम्रा स्टाइकरजस्तै हुन्: दीपकराज गिरी | Khabarhub Khabarhub

गगन थापा कमजोर टिमका राम्रा स्टाइकरजस्तै हुन्: दीपकराज गिरी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको त्रासका कारण नेपालमा एकसाता लामो लकडाउन भइरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जिम्मेवारीमाथि प्रश्न उठाउँदै कतिपयले सामाजिक सञ्जालमा ढकालको राजीनामा माग गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि राम्रो भिजन नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकालको सट्टा गगन थापा हुनुपर्ने तर्क राखेका छन् । कतिले त प्रधानमन्त्रीलाई आग्रह गर्दै गगन थापालाई स्वास्थ्यमन्त्री बनाउन समेत सुझाव दिएका छन् ।

कोरोना भाइरसको त्रास फैलिइरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल त्यति जिम्मेवार नदेखिएको भन्दै विरोध हुन थालेको छ ।

सामाजिक सञ्जालमा विकल्पका रुपमा गगन थापालाई उभ्याइरहेका बेला कलाकार दीपकराज गिरीले भने गगनलाई कमजोर फुटबल टिमका राम्रा स्टाइकर भनेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले लेखेका छन्, ‘केही साथीहरु गगन थापालाई मन्त्री बनाउनुपर्छ भन्दै हुनुहुन्छ, गगन जी अहिलेको अवस्थामा कमजोर फुटबल टिमका राम्रा स्टाइकर जस्तै हुन् ।’

उनले राजनीतिलाई फुटबलसँग जोड्दै अगाडि लेखेका छन्, ‘विश्वकप हुँदै स्टाइकर राम्रो हुँदैमा खेल्न पाउँदैन, टिम नै छानिनुपर्छ ।’

उनले प्रतिपक्षमा रहेको प्रमुख दल नेपाली कांग्रेसलाई कमजोर रहेको बताएका छन् । ‘आपत छ भन्दैमा फ्रान्सको टिममा मेस्सीले खेल्छ ?,’ उनले भनेका छन् ।

दीपकराज गिरी यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । फुर्सदको समयमा उनले सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : २८ बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को