थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला | Khabarhub Khabarhub

थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् ।

ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ ।

यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । थाइलयाण्डमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको छ ।

मृतकको संख्या १ हजार नाघेसँगै त्यहाँका प्रधानमन्त्रीले मुलुकभर संकटकालको घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रयुत चान ओचाले मुलुकभर संकटकाल घोषणा गरेका हुन् । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा एकताबद्ध हुन समेत आह्वान गरेका छन् ।

उनले आगामी केही साता वा महिनाका लागि ‘सबैभन्दा खराब समयको अपेक्षा गर्न’ थाई जनतालाई आह्वान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : १० बजे

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का