आजबाट दिनको २ घन्टा बैंकका शाखा खुल्ने | Khabarhub Khabarhub

आजबाट दिनको २ घन्टा बैंकका शाखा खुल्ने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् ।

लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्‍यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकर्स संघले सबै बैंकहरूलाई बुधबार नै परिपत्र गरि एटीएम नरहेका शाखाहरू सञ्चालन गर्नको लागि आग्रह गरेको थियो ।

संघ र राष्ट्र बैंक समेतले भने जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा शाखा सञ्चालनको निर्णय लिन आग्रह गरेका छन् । उच्चस्तरीय समितिको बुधबारको बैठकले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : २९ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन