‘लकडाउन’मा पाशुपत क्षेत्र : गेटबाटै ढोगेर फर्किन्छन् भक्तजन | Khabarhub Khabarhub

‘लकडाउन’मा पाशुपत क्षेत्र : गेटबाटै ढोगेर फर्किन्छन् भक्तजन

दैनिक ८ जना भेला भएर नित्यपूजा



काठमाडौं – विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रुपमै ‘लकडाउन’को आदेश जारी गरेको छ ।

‘लकडाउन’को आदेश जारी गरेसँगै अहिले देशभरका मठ – मन्दिर प्रायः सुनसान छन् ।

दैनिकजसो नित्यपूजा साथै आरती पूजा र दर्शनार्थीको भीड लाग्ने काठमाडौंस्थित पशुपतिनाथ मन्दिर ‘लकडाउन’सँगै सुनसान बन्दै गएको छ ।

तर कतिपय व्यक्तिहरु, जो भगवानप्रति आस्था राख्दछन्, ती व्यक्तिहरु अहिले पनि मन्दिर जान छोडेका छैनन् ।

उनीहरु दर्शनका लागि पशुपतिनाथ प्रवेश गर्ने र मन्दिरको प्राङगण बाहिरको गेटबाटै ढोगेर फर्किरहेको अवस्था छ ।

मन्दिर दर्शनका लागि भक्तजनको उपस्थिती नहोस् भनेर केही दिनअघि नै पशुपति क्षेत्र विकास कोषले सार्वजनिक रुपमै सूचनासमेत जारी गरेको थियो ।

सरकारले २५ जनाभन्दा बढी मानिसहरु भेला नहुनआग्रह गरेसँगै कोषले दैनिक रुपमा साँझ हुने आरती समेत स्थगित गरिसकेको थियो ।

तर सोमवार सरकारले ‘लकडाउन’ नै घोषणा गरेपछि कोषले सरकारको घोषणा अनुरुप कार्य गरिरहेको जनाएको छ ।

यससँगै अहिले पशुपति परिसरमा मानिसहरुको आवगमन छ कि छैन भन्नेबारे कडा निगरानी भइरहेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले खबरहबलाई जानकारी दिए ।

उनकाअनुसार ‘लकडाउन’को समयमा पनि नियमित रुपमा गरिने नित्यपूजा भने चलिरहेको छ ।

‘नित्यपूजाका क्रममा सहभागी हुने भक्तजनलाई प्रवेश निषेध गराइएको छ,’ उनले भने, ‘पूजा गर्ने व्यक्तिहरु मात्र प्रवेश गरिरहेका छन् ।’

प्रवक्ता ढुंगानाकाअनुसार अहिले मूल भट्ट, भट्ट र भण्डारी बसेर नित्यपूजा गरिरहेका छन् ।

‘३ जना भट्ट र ३ जना भण्डारी गरी ६ जना हुनुहुन्छ’ ढुंगानाले भने, ‘त्यसबाहेक ब्रह्माण र नित्यपूजाका लागि सहयोग गर्ने कर्मचारी सहभागि हुन्छन् ।’

कोरोना भाइरसको संक्रमणको त्रास जबदेखि फैलियो तबदेखि नै पशुपति क्षेत्र परिसरमा हात धुने व्यवस्था समेत मिलाइएको र ठाउँठाउँमा सेनिटाइजरको पनि व्यवस्था गरिएको उनले बताए ।

आवश्यक व्यक्ति मात्र मलामीमा आउन आग्रह

कोषले शव लिएर आर्यघाटमा प्रवेश गर्ने मानिसहरु (मलामी) जतिसक्दो कम संख्यामा आउन आग्रह गरेको छ ।

‘शव लिएर आउँदा मलामीको संख्या कम होस् भनेर हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘अहिले संख्यात्मक रुपमा कम पनि हुँदै गइरहेको छ ।’

विद्युतीय शवदाह गृह भित्र बन्द ठाउँ (शवघाट) मा ७ जना मात्र प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

मलामीका रुपमा आउनेहरु पनि चाहिने व्यक्तिहरु मात्र आउनुपर्छ भनेर कोषले आग्रह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ९ : ११ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति