चैते नवरात्रि शुरु, यी ६ राशीको शुभ समय | Khabarhub Khabarhub

चैते नवरात्रि शुरु, यी ६ राशीको शुभ समय


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैत १२ गतेबाट चैते नवरात्रि शुरु भएको छ । चैत १९ गते अष्टमीका दिन चैते दशैं मनाएर नवरात्र सम्पन्न हुन्छ ।

यस अवधीमा गुरु अर्थात बृहस्पति ग्रहले आफ्नो राशी परिवर्तन गर्नेछ । बृहस्पती चैत १६ गते रातको ७ बजेर २३ मिनेटबाट मकर राशीमा प्रवेश गर्नेछ ।

वैदिक ज्योतिष अनुसार बृहस्पतीको यस राशी परिवर्तनलाई अनुकूल मानिन्छ । किनकी देव गुरु बृहस्पतीको दृष्टि अमृत समान मानिने गरिन्छ । बृहस्पती एक शुभ ग्रह हो र यसले अधिकाशं राशीलाई राम्रो परिणाम दिने गर्दछ । जान्नुहोस्, बृहस्पतीको यस राशी परिवर्तनले कुन कुन राशीमा राम्रो प्रभाव रहेको छ ?

१. मेष राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको सरुवा तथा बढुवाको योग रहेको छ । साथै धन वृद्धिको समय भएकाले समाजमा सम्मानित हुने समय रहेको छ ।

२. वृष राशी
बृहस्पतीको यस गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको सामाजिक जीवनमा धेरै प्रगति हुनेछ । अचानक पैतृक सम्पति प्राप्त गर्ने योग बनेर आएको छ ।

३. मिथुन राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको अत्यधिक खर्च हुने समय आएको छ । साथै स्वास्थ्यमा समस्या देखिने र अनावश्यक खर्च गर्नुपर्ने हुनसक्छ ।

४. कर्कट राशी
बृहस्पतीको यस गोचरको प्रभावले कर्कट राशीका ब्यक्तिहरुको आम्दाी बढ्ने समय आएको छ । व्यापारमा गति प्राप्त हुने तथा दाम्पत्य जीवनमा राम्रो समय आउने समय छ ।

५. सिंह राशी
यस गोचरको प्रभावले सिंह राशीका ब्यक्तिहरुलाई खर्चमा बढोत्तरी हुने, स्वास्थ्य बिर्गने हुनसक्छ । यस अवधीमा सवारी साधनको प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्ने हुन्छ ।

६. कन्या राशी
बृहस्पतिको यस गोचरको प्रभावले कन्या राशीका ब्यक्तिमा केहि राम्रा र केहि नराम्रा दुबै मिश्रीत फल प्राप्त हुनेछ । आर्थिक स्थिति मजबूत हुने र प्रेम सम्बन्धमा सुधार आउने छ ।

७. तुला राशी
यस गोचरको प्रभावले तुला राशीका ब्यक्तिका लागी समय बलवान भएर आएको छ । सवत्र्र तपाईको चर्चा हुनेछ । साथै कुनै सम्पतीको जोहो गर्ने समय समेत छ ।

८. वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यस गोचरको प्रभावले यात्रा गर्नुपर्ने हुनसक्छ । शारीरिक कष्ट तथा आर्थिक चुनौति भोग्नुपर्ने भएकाले समय अनुकूल र प्रभावशाली दुबै रहन्छ ।

९. धनु राशी
यस गोचको प्रभावले यस राशीका ब्यक्तिमा खुसी, सम्पती प्राप्ती र धार्मीक पूजापाठ तथा शुभ कार्य हुने योग छ । समाजिक प्रतिष्ठामा वृद्धि भई वाणीमा प्रभाव बढ्नेछ ।

१०. मकर राशी
बृहस्पतिको यस गोचरको प्रभावले मकर राशीका ब्यक्तिका लागी यो कुनै पनि निर्णय लिनका लागी उचित समय रहेको छ । पारिवारिक जीवनमा खुसी बढ्ने समय आएको छ ।

११. कुम्भ राशी
बृहस्पतिको यस गोचरको प्रभावले यस राशीका ब्यक्तिमा शारीरिक अवस्थामा समस्या आउन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला, अन्यथा बिरामी पर्न सकिनेछ ।

१२. मीन राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुमा राम्रो समय आएको छ । पारीवारीक जीवनका लागी अनुकूल समय रहेकाले नाता निभाउन उचित समय रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन