विश्वभर कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण | Khabarhub Khabarhub

विश्वभर कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ ।

फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ ।

त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन् ।

संक्रमणदर घटेको चीनमा पनि विगत २४ घण्टाको अवधिमा ६७ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाको संक्रमणमा रहेका ६ जनाले ज्यान गुमाएका छन् । योसँगै चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ ।

त्यस्तै इटालीमा ६ सय ६८ संक्रमितको मृत्यु भएको छ । यो मृत्युसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । अमेरिकामा संक्रमित नयाँ १ सय ५५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्इा ९ सय ३५ पुगेको छ । भने ६५ हजार ७ सय ९७ जना संक्रमित छन् ।

त्यस्तै स्पेनमा संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ । नयाँ ६ सय ५६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ५४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन