यति समूहका सदस्य शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ | Khabarhub Khabarhub

यति समूहका सदस्य शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो। गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट  पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।

पक्राउ परेका शेर्पाबाहेक तीन बुधबार जिल्ला अदालतमा बयान भएको छ।  प्रहरीले गोप्य राखेको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश विदुर कोइरालाको इजलासमा भएको थियो।

अन्य ३ जनाको बयान सकिए पनि शेर्पाको बयान बिहीबार हुने र त्यसपछि थुनछेक आदेश हुने छ ।

नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा समेत मुछिएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ५२ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा