बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित | Khabarhub Khabarhub

बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ ।

बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ती दुई विधेयकलाई ‘पारित गरियोस्’ भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी बैठकले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मन्त्री भुसालले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परम्परागत बीउबिजनको संरक्षणमा सरकारले प्राथमिकता दिँदै आएको बताए ।

छलफलमा पुष्पा भुसाल, प्रेम सुवाल, राजनकुमार केसी र मीना सुब्बालगायतले भाग लिनुभएको थियो । संसद्को अर्को बैठक यही फागुन १५ गते मध्याह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५