इस्टर्न रिजन टी–२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई | Khabarhub Khabarhub

इस्टर्न रिजन टी–२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

कप्तान मल्लले इस्टन रिजनमा च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड जाने बताए । उनले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्याण्डमा देखाउने बताएका छन् ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्याण्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो छ । यो प्रतियोगिता नेपाली टोलीका लागि एसिया कपको रोडम्यापका रुपमा रहेको छ।

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यमित भएर खेल्ने कप्तान मल्लले बताए ।

टोलीको बिदाईमा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामना सहिद विदाई गरे ।

`प्रतियोगितामा सम्यम भएर खेल्नु होला। खेलमा हेलचेक्राइ नगर्नु होला,´ सिलवालले भने,´ एसिया कप पुग्न सहज छ। राम्रो मेहनत गर्नु पर्छ।´

उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ५५ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९