भोजपुरी सिनेमाका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउँदै | Khabarhub Khabarhub

भोजपुरी सिनेमाका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउँदै


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन् ।

कलाकारहरु दिनेशलाल यादव’निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन् ।

रौतहटको मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा फागुन ५ र ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महायज्ञ २०७६ को आयोजना हुन गइरहेको छ ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो महायज्ञको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा उनीहरुको प्रस्तुति रहने महायज्ञको सह-आयोजक एसराज प्रोडक्सन्सले जनाएको छ ।

कलाकारत्रय निरहुआ, दुबे तथा सोनालीले सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउनु आफुहरुका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : ५८ बजे

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा