सभामुखको निर्वाचन आज, यस्तो छ कार्यसूची « Khabarhub

सभामुखको निर्वाचन आज, यस्तो छ कार्यसूची


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सभामुखमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् ।

बैठकमा सापकोटाका तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सापकोटाको समर्थन पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ५८ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार १७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ०१,

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

जनकपुरधाम– लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको

एक वर्षपछि मुगुमा बजार अनुगमन

मुगु– हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

गण्डकी- नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि