कांग्रेस नेता पूर्वसांसद कार्कीको निधन | Khabarhub Khabarhub

कांग्रेस नेता पूर्वसांसद कार्कीको निधन


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काग्रेस नेता गम्भीरजंग कार्कीको निधन भएको छ ।

नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति कार्कीको ७६ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौला रोगबाट पीडित कार्कीको आज (आइतबार) बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

कार्कीले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए। पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

कार्कीले वि.सं. २०५१ देखि २०५६ सम्म कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : २३ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज